पाथीभरा मन्दिर क्षेत्रको सामुदायिक वनमा आगलागी


ताप्लेजुङ। प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर नजिकैको जंगलमा भीषण डढेलो लागेको छ।

फुङलिङ् नगरपालिका–११ मा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागिरहेको स्थानीयले बताएका छन्।अहिले हावा पनि चल्न थालेकाले झन आगो फैलिएको भन्दै स्थानीय त्रसित भएका छन् ।
आगो नियन्त्रणका लागि आज बिहान सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली सोही क्षेत्रमा गएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिएका छन्।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *