प्रदर्शनमा सहभागी बन्न सभापति देउवाद्वारा अपिल


काठमाडौं। नेपाली कांग्रेसले सोमबार देशका सबै संघीय निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटनकाविरुद्धमा कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको हो ।

शनिबार सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै सोमबार हुने प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरेका छन्।

संसद विघटनलाई असंवैधानिक कदमको संज्ञा दिएका देउवाको पार्टीभित्र भने संसद पुनर्स्थापनाका पक्षमा नदेखिएको भन्दै तीब्र आलोचना भइरहेको छ ।

पार्टीभित्र उहाँको कार्यशैलीप्रति आशंका गरिएका बेला देउवाले प्रष्टीकरण दिने शैलीमा भनेका छन्, ‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरूसँगको बसेको बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको छु । संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्य विरूद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *