उत्तरी नाइजेरियामा बोको हरामको आक्रमण


उत्तरी नाइजेरियाको गाउँहरूमा बोको हरामले आक्रमण गरेको छ। यो समूहको आक्रमणमा परी कम्तिमा ११ जना मानिसको मृत्यु भएको छ।

बोको हरामले इसाइ धर्म मान्नेहरूको बाहुल्यता रहेको गाउँमा आक्रमण गरेको हो। साथै क्रिष्टमसकै मौका पारी चर्च समेत जलाएको छ। बोर्नो राज्यको पेमीमा ट्रक र मोटरसाइकलसहित पसेका आतंककारीहरूले गोली प्रहार गरेका थिए।

पेमी सिबोकको नजिकै छ जहाँबाट सन् २०१४ मा २ सय छात्राहरू अपहरणमा परेका थिए।

उत्तरी नाइजेरियमा बोको हरामले श्रृङ्खलावद्ध आक्रमण गरिरहेको छ। त्यहाँको सरकार हटाइ मुसलमान राज्य स्थापना गर्नु उनीहरूको लक्ष्य हो।यस समूहले पश्चिमा शिक्षामा प्रतिबन्ध लगाउन खोजिरहेको छ। आक्रमण भएको गाउँका धेरै मानिस अझै हराइ रहेको बीबीसीले जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *