दिवंगत अभिनेता सारुकको अन्तिम म्युजिक भिडियो ‘माया’ सार्वजनिक


अभिनेता सारुक ताम्राकारले अभिनय गरेका अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ अब नबन्ने भएको छ। फिल्मका केही दृश्यलाई समेटेर फिल्मका निर्देशक राजिव गुरुङले  म्युजिक भिडिओ तयार पारेका छन्।

निर्देशक गुरुङले सारुकको अन्तिम इच्छा फिल्म नै भएता पनि अब त्यो सम्भव नभएको बताए। ‘हामीले चलचित्र पूरा गर्न सकेनौँ। तर, सारुकको कामलाई समेटेर उसलाई मन परेको गीतमा ती दृश्यलाई राखेर म्युजिक भिडिओ तयार गरेका छौँ। हाम्रो तर्फबाट सारुकलाई यो श्रद्धाञ्जली हो,’ उनले भने, ‘ऊ नरहेता पनि उसको काम हामी माझ रहिरहने छ।’

गीतमा अभिनेता ताम्राकारसँगै निकिता आचार्य, महेश मगर, सागर परियारले अभिनय गरेका छन्। बर्दियामा खिचिएको दृश्य भिडिओमा समेटिएको छ।

कार्यक्रममा अभिनेता ताम्राकारको आमा रुकमणि ताम्राकार पनि उपस्थित थिइन्।

‘हामीले चलचित्र पूरा गर्न सकेनौँ । तर, सारुकको कामलाई समेटेर उसलाई मन परेको गीतमा ती दृश्यलाई राखेर म्युजिक भिडियो तयार गरेका छौँ । हाम्रो तर्फबाट सारुकलाई यो श्रद्धाञ्जली हो । उ नरहेता पनि उसको काम हामी माँझ रहिरहने छ’, निर्देशक गुरुङले भने । गीतमा अभिनेता ताम्राकारसँगै निकिता आचार्य, महेश मगर, सागर परियारले अभिनय गरेका छन् । उक्त भिडियोमा बर्दियामा खिचिएको दृश्य समेटिएको निर्देशक गुरुङले बताए ।

कार्यक्रममा अभिनेता ताम्राकारको आमा रुकमणि ताम्राकार, नेपाल चलचित्र कलाकार संघको अध्यक्ष मोहन निरौला, अभिनेत्री सृष्टी श्रेष्ठ, अभिनेता मनिष श्रेष्ठ, निर्माता सरोज न्यौपाने र रोहित अधिकारी, निर्देशक सुदर्शन थापा लगायत उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *