५५औँ एसियाली शारीरिक सुगठन प्रतियोगिता भदौ १५ देखि


नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको आयोजनामा हुने ५५औँ एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस प्रतियोगिता भदौ १५ गतेबाट काठमाडौंमा हुने भएको छ ।

आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा एसियाली राष्ट्रका २५ मुलुकको प्रतिनिधित्व रहनरे जनाएको छ । दरबारमार्गस्थित याक एन्ड यती होटलमा करिब ३०० खेलाडीहरूले पुरुषतर्फ २८, महिलातर्फ १६ र मिक्स एक गरी ४५ विधामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको आधिकारिक होटलमा याक एन्ड यती र र्‍याडिसन होटल रहेको छ । प्रतियोगिताको इभेन्ट म्यानेजमेन्टमा फुनोलोजिक सोलुसन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *