नेपाली लोक नृत्य कार्यशाला २०७७ समापन
मोरङको सुन्दरहरैंचा नगरपालिका विराटचोकमा अवस्थित प्लानेट फुटसलमा आयोजित कार्यशाला पुस ४ गते देखि सुरु भएर पुस ७ गते समापन गरिएको हो ।
झरना युवा क्लबको आयोजना तथा विराटकला समुहको सह-आयोजनामा सम्पन्न भएको थियोे । झापा ,मोरङ तथा सुनसरी बाट करिव २५० जना प्रशिक्षार्थीहरुको सहभागी भएको थियो ।
बरिस्ठ लोक संस्कृति तथा अनुसन्धानकर्ता रोचक थापा लोक नृत्य कार्यशालाको प्रमुख प्रशिक्षक रहनु भएको थियोे ।
अन्य प्रशिक्षकहरुमा सुनिल थापा ,राज सुब्बा लावति र देवराज खड्काले प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रममा नेपाली लोक नृत्यको संरक्षण तथा विकामा निरन्तर लागिरहने जुनियरतर्फ २५ तथा सिनियरतर्फ १५ जना नृत्य प्रशिक्षक सम्मानित भएका
छन् ।
सम्मानित नृत्य प्रशिक्षक तथा प्रशिक्षार्थीलाई कार्यक्रमका प्रमुख अतिथि सुन्दहरैंचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालले सम्मान पत्र तथा प्रमाणपत्र वितरण गर्नुभएको थियोे ।
नेपाली लोक संस्कृतिको संरक्षण तथा जगेर्ना गर्न प्रदेश नम्बर १ बाट प्रत्येक स्थानीय तह बाट रु पाँच लाख बराबरको अक्षयकोष स्थापना गर्न यो कार्यक्रमले सहयोग पुग्नका साथै नृत्य क्षेत्रमा लागेर नेपाली मौलिक नृत्य लाई जगेर्ना गर्न सधैं तल्लीन हुने सम्पूर्ण नृत्य प्रशिक्षकहरुमा थप हौसला पुग्ने कुरा कार्यक्रम संयोजक अर्जुन गजुरेलले बताउनुभएको छ।
नगरपालिकाको सहकार्य तथा सुन्दरहरैंचा नृत्य कलाकार संघको व्यवस्थापनमा प्रदेश नम्बर १ मा यति धेरै प्रशिक्षार्थीको उपस्थितिमा पहिलोपटक कार्यक्रम सम्पन्न भएको कुरा वरिष्ठ नृत्य निर्देशक राजु बस्नेतले बताउनुभयो छ।।