यस्ता व्यक्तिको साथ दिए जीवन बर्बाद हुनसक्छ


दार्शनिक तथा राजनीतिज्ञ पनि मानिने आचार्य चाणक्यले आफ्नो नीतिमा मनुष्यको जीवनका काम लाग्ने कैयौं नीतिबारे वर्णन गरेका छन् ।

एक श्लोकका माध्यमबाट उनी बताउँछन् कि व्यक्ति कसरी र कस्तो स्थितिमा बर्बाद हुन्छ ।साथै उनले यस्ता व्यक्तिको चरित्रबारे पनि बताएका छन् । जो सर्पभन्दा पनि खतरनाक हुन्छन् ।

दुराचारी च दुर्दृष्टिर्दुरावासी च दुर्जनः।
यन्मैत्री क्रियते पुम्भिर्नरः शीघ्रं विनश्यति।। आचार्य चाणक्यले दुष्कर्मप्रति सचेत रहँदा रहँदै पनि दूराचारी व्यक्ति, दुष्टस्वभावाला मनुष्य, बिना कारण अरुलाई क्षति पुर्‍याउने र दुष्ट व्यक्तिसँग मित्रता राख्ने श्रेष्ठ पुरुष पनि छिट्टै बर्बादीतर्फ जान्छ ।

किनकी संगतको पूभाव अवश्य पर्दछ । यानी विद्याबाटठ आलंकृत हुँदा पनि दुर्जनबाट दूर रहनु नै बुद्धिमानी हुन्छ । किनकी मणि शीरमा धारण गर्नाले पनि सर्प खतरनाक नै हुन्छ ।

दुर्जनेषु च सर्पेषु वरं सर्पो न दुर्जनः।
सर्पो दंशति कालेन दुर्जनस्तु पदे–पदे।।

आचार्य चाणक्यले दुष्टताको दृष्टिसँग तुलना गर्दै उस पक्षलाई राखेका छन् । जहाँ दुष्टताको दुष्प्रभाव कम भन्दा कम परोस ।

उनका अनुसासर दुष्ट र सर्प, यी दुईमध्ये न सर्प, न दुष्ट दुवै राम्रो हुँदैनन् । सर्पले एकपटक डस्छ भने, दुष्ट हरेक समय नोक्सान गर्नका लागि तयार हुन्छ ।

यही कारण दुष्ट व्यक्तिबाट सबैलाई बचेर रहन आवश्यक छ । दुर्जन व्यक्तिको अनुहारमा प्रशन्नता हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *