ललितानिवास प्रकरणमा पक्राउ परेकामाथि संगठित अपराधमा समेत अनुसन्धान हुने
ललितानिवास प्रकरणमा पक्राउ परेका आरोपितलाई सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
मंगलबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पक्राउ परेकाहरुलाई किर्तेसहित संगठित अपराधमा पनि अनुसन्धान गर्न माग गर्दै हिरासतमा राख्न थप समय मागेको छ ।
सरकारी वकिल कार्यालयका प्रवक्ता अच्युत नेउपानले यसअघि किर्तेमा अनुसन्धान गर्न हिरासतमा राख्न अनुमति माग गरिएको र आज संगठित अपराधसमेतको अभियोगमा म्याद थप गर्न माग गरिएको बताए ।
उत्तः प्रकरणमा हालसम्म नेपाल समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन, काठमाडौं महानगरपालिका सहकारी विभागका अधिकृत शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी धमानकुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जनसहित भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, गोपाल कार्की पक्राउ परेका छन् ।
त्यस्तै, कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी भने सर्वोच्च अदालतको स्टे अर्डर देखाएर रिहा भएका थिए ।