सभामुखसँग शीर्ष नेता : संसदीय समिति नेतृत्व चयनमा सहमति प्रयास
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका नेताहरूबीच छलफल सुरु भएको छ ।
सभामुखको कार्यकक्ष सिंहदरबार छलफलमा उनीसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत नेता सहभागी छन् ।
संसदीय समितिले नेतृत्व नपाउँदा त्यसको प्रभावकारितामा प्रश्न उठाइँदै छ । कुन समिति कसले पाउने सहमति नहुँदा ज्येष्ठ सदस्यको नेतृत्वमा समितिका बैठक सञ्चालन भइरहेका छन् । समितिले नेतृत्व नपाउँदा संसद्को प्रभावकारिता नहुने भन्दै सभामुख घिमिरेले त्यसको सभापति चयनका लागि अग्रसरता लिएका हुन् ।