एक दिन ढिला गरि नेपाल भित्रियो मनसुन
नेपालमा मनुसन प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अत्याधिक गर्मीका कारण तराई र पहाडी क्षेत्र प्रभावित हुँदा मनसुन भित्रिएसँगै अब केही राहत मिल्ने अनुमान गरिएको छ। यस वर्ष मनसुन भित्रिन केही ढिला हुने बताइए पनि एक दिन ढिला गरि मनसुन भित्रिएको महाशाखाले जनाएको छ। नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने गर्छ।
कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी क्षेत्र, वाग्मती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी क्षेत्रमा मनसुन प्रणाली प्रवेश गरेको महाशाखाले विशेष मौसम बुलेटिनमार्फत जानकारी दिएको हो।
नेपालका अन्य भूभागहरुमा केहीदिनमा क्रमिक रुपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएको छ।