यूएईसँग नेपाल तीन विकेटले पराजित
नेपाल आइसीसी एकदिवसीय विश्वकप छनोटअघिको अभ्यास खेलमा यूएईसँग पराजित भएको छ । जिम्बावेको हरारेमा मंगलबार भएको खेलमा यूएई तीन ३ विकेटले विजयी भएको हो ।
नेपालले दिएको २ सय ७७ रनको लक्ष्य यूएईले ४९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटायो । युएईको जितमा रोहन मुस्ताफाले ७८ रनको अर्धशतकीय ईनिङ खेले ।
यसअघि पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर ५ बलमा २ सय ७६ रन बनाउँदा अलआउट भयो । नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ५७ रनको अर्धशतकीय ईनिङ खेले । नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ब्यक्तिगत ३९ रनको स्कोरमा १९ औं ओभरको दोस्रो बलमा गुमाएको थियो ।
कुशल मल्लले ४६ रन, बनाउँदा आरिफ शेख ३५ रन बनाएका थिए । सोमपाल कामी १५ रन तथा गुल्शन झा र दिपेन्द्र सिंह ऐरीले समान ८र८ रनको योगदान गरे ।
अब नेपालले अन्तिम अभ्यास खेलमा पर्सि बिहीवार ओमानसँग खेल्नेछ । यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।