लण्डनबाट नेपाली फिल्म ‘सिद्धार्थ’ को घोषणा
सनम कुमार बैरागको निर्देशनमा फिल्म ‘सिद्धार्थ’ बन्ने भएको छ। लण्डनमा एक कार्यक्रमका बिच उक्त फिल्मको औपचारिक घोषणा गरिएको हो।
यस फिल्मको छायाङ्कन नेपाल र बेलायतमा हुनेछ। यसअघि सनमले फिल्म ‘कैदीको पत्र’ समेत निर्देशन गरेका थिए।
भिजन संसार र स्रित फिल्म एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्ममा विजय लामा, पृथ्वीराज केसी र बिभिया श्रेष्ठको अभिनय रहनेछ। अन्य कलाकारहरुको भने छनोट कार्य बाँकी नै रहेको निर्माण टिमले जनाएको छ।
फिल्ममा श्रीदेव बिएल र शारदा खड्का अर्याल, दिनेश केसी, दील घले र नवीन थापा निर्माताका रुपमा रहेका छन्। सन् २०२४ को सुरुवातमा फ्लोरमा जाने फिल्मको छायाङ्कन २० प्रतिशत बेलायतमा र बाँकी नेपालमा गरिने बताइएको छ।