तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी


आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन्।

कांग्रेस परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका वाग्ले भारी मतान्तरसहित निर्वाचित भएका हुन्।

कांग्रेसको गढका रुपमा रहेको यो निर्वाचन क्षेत्रमा स्वर्णीमले ऐतिहासिक जित निकालेका हुन्। वाग्लेले ३४ हजार ४८० मत प्राप्त गरेका छन्।

यता सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवारी दिएका कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मत पाएका छन्। भट्टराईभन्दा वाग्लेले १४ हजार ३८८ मत बढी ल्याइका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले भने ८ हजार ५५५ मत प्राप्त गरेका छन्।

मंगोल अर्गनाइजेशनका उम्मेदजार प्रेमबहादुर थापाले १४६ मत प्राप्त गर्दा राप्रपाकी शोभा गुरुङले १११, नागरिक उन्मुक्तिका भीमबहादुर सुनार ६१, राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर राना ३१, नेमकिपाका रामप्रसाद पराजुलीले १८ र एकीकृत समाजवादीका गणेश श्रेष्ठले ४ मत पाएका छन्।

यो निर्वाचन क्षेत्रमा गत मंसिर ४ मा भएको निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका थिए। पौडेलले २५ हजार ३६१ मत पाएका थिए। पौडेलको भन्दा अहिले वाग्लेले प्राप्त गरेको मत झण्डै ७ हजार बढी छ।

त्यतिबेला पौडेलका निकटतम प्रतिद्वन्द्वी रहेका एमालेका एकबहादुर रानामगरले १९ हजार ९८१ मत पाएका थिए भने स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *