बारा २: उपेन्द्र यादव ३ हजार बढी मतले अगाडि
बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष तथा सत्ता गठबन्धनका साझा उमेदवार उपेन्द्र यादवले मतान्तर फराकिलो पारेका छन् ।
नर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार उनले नौ हजार ८७० मत प्राप्त गरेका छन् ।उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहले ६ हजार ७७१ मत पाएका छन् । उनीहरुबीचको अन्तर तीन हजार ९९ रहेको छ ।
त्यस्तै, नेकपा (एमाले)का उमेदवार पुरुषोत्तम पौडेलले तीन हजार ७०० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले एक हजार १७४ र आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५८७ मत प्राप्त गरेका छन् ।