युरिया मल आपूर्तिका लागि नेपाल र बंगलादेशबीच सम्झौता


काठमाडौँ– नेपाल र बंगलादेशबीच ५० हजार मेट्रिक टन युरिया मल आपूर्तिका लागि बिहीबार ‘जिटुजी’ सम्झौता भएको छ ।

सम्झौता पत्रमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेशनका अध्यक्ष महमद एमिन उल अहसनले ढाकामा हस्ताक्षर गरेका हुन् ।युरिया मलको अन्तर्राष्ट्रिय फर्मूला मूल्यअनुसार प्रतिमेट्रिक टन अमेरिकी डलर २५९.१९५ मा सम्झौता भएको कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले विज्ञप्तिमार्फत जनाएका छन् ।

उनका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडले एलसी खोलेको दश दिनपश्चात् मल लोडिङ सुरु हुने सम्झौतामा उल्लेख छ भने ५० हजार मेट्रिक टन मल दुई महिनाभित्र बंगलादेशले उपलब्ध गराइसक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *