संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग
प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले लामो समयसम्म सदनलाई सरकारले बन्धक बनाएको भन्दै तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको हो ।बैठकले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यायदेश संविधानको व्यवस्था, भावना र मर्म विपरित रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।
आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश बन्ने र सर्वसत्तावादी सोचलाई अगाडि बढाउन अध्यादेश ल्याएको भन्दै खाँडले संविधानमाथि खेलबाड नगर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।