आफू निकट जिल्ला अध्यक्ष र सचिवलाई प्रचण्ड-नेपाल पक्षले बोलायो
नेपाल कम्युनिस्ट पार्टीको असन्तुष्ट पक्षले जिल्ला अध्यक्ष र सचिवहरुलाई पेरिसडाडाँमा बोलाएको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफू निकट जिल्ला अध्यक्ष र सचिवलाई पार्टी कार्यालय पेरिसडाडाँ बोलाएको हो।
नेपाल निकट एक स्थायी कमिटी सदस्यले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन उनीहरुलाई बोलाएको बताए।आ-आफ्ना समूहको भेला भइरहेको छ। त्यही अनुसारले यो बैठक बोलाएको हो, ती स्थायी कमिटी सदस्यले भने।
सातै प्रदेशका जिल्ला अध्यक्ष र सचिवलाई आलोपालो रुपमा उपस्थित हुन भनिएको छ। शुक्रवार प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवलाई भेलामा उपस्थित हुन भनिएको छ।