चिसो बढ्न थालेसँगै हिमपात पनि सुरु


मौसम पूर्वानुमान महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन अपिल गरेको छ ।

हिमाली क्षेत्रमा हिमपात सुरु हुन थालेपछि महाशाखाले यस्तो अपिल गरेको हो ।महाशाखाका अनुसार शुक्रबार हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको पनि प्रक्षेपण गरिएको छ ।

राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र मुलुकका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।महाशाखाका अनुसार शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । मुलुकका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुनसक्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *