द्वन्द्व सुरु भएयता रूस-युक्रेन युद्धमा दुई लाख सेना र चालिस हजार सर्वसाधारण मारिए


अमेरिकाका वरिष्ठ सैनिक जनरलले युक्रेन युद्धमा अहिलेसम्ममा करिब एक लाख रूसी र एक लाख बराबर नै युक्रेनी सैनिक मारिइसकेका जनाएका छन् ।

अमेरिकाको संयुक्त सेना प्रमुखहरुका अध्यक्ष जनरल मार्क मिल्लीले द्वन्द्व सुरु भएयता करिब ४० हजारको सङ्ख्यामा सर्वसाधारणको पनि ज्यान गइसकेको बताएका बीबीसीले लेखेको छ । कुनै पश्चिमी अधिकारीले युक्रेन युद्धलाई लिएर दिएको यो सबैभन्दा ठूलो मृतक सङ्ख्याको तथ्यांक हो । उनले किभले मस्कोसँग पुनः वार्तामा प्रवेश गर्ने आफ्नो इच्छाका संकेतहरु दिइरहेको पनि जनाएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुनः वार्ता सुरु गर्नुअघि रूसी समकक्षी भ्लादिमिर पुटिनलाई सत्ताबाट हटाइनु पर्ने पूर्वमाग छाडेपछि केही दिनयता युक्रेनले मस्कोसँग केही छलफल गर्न चाहेको संकेत दिएको छ । अमेरिकाको न्युयोर्कमा जनरल मिल्लीले भनेका छन्, “कुनै पनि वार्ता सफल बनाउन रूस र युक्रेनले एक अर्कालाई मान्यता दिनुपर्दछ । युद्धकालीन विजय सैनिक उपायबाट प्राप्त गर्न सकिन्न । त्यसैले अन्य उपायहरुतर्फ उन्मुख हुनुपर्दछ ।”

मिल्ली अमेरिकी राष्ट्रपति जो बाइडेनका सबैभन्दा वरिष्ठ सैनिक सल्लाहकार पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *