सेफ सन्तोष साह बीबीसी मास्टर सेफको टप ३ मा
काठमाडौं । बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ टप ३ मा सन्तोष साह पुगेका छन् ।
ब्रिटेनमा बसोबास गर्ने नेपाली मूलका सेफ सन्तोष, बीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी सो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणको मास्टर सेफको टप ३ भित्र परेका हुन् ।
प्रतियोगिताको यस चरणमा भुटेको खुर्सानी र नुन, बासी भात शैलीमा भुटेको चिउरा, गोल्डडेन पुरी, गंगटाको करी, साँधेको भटमास, रायोको साग, जिम्बुले मोलेर पोलेको खसीको मासु, पुदिना पराठा, क्रिस्पी प्याजको परिकार पस्किएका थिए ।
उक्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा भोलि हुँदै छ । टप ३ बाट एक जनाले बीबीसी मास्टर सेफको टाइटल जित्न सफल हुनेछ्न् ।