नारायणकाजी विरुद्ध प्रदर्शन, सचिवालयबाट राजीनामाको माग


केन्द्रीय सदस्य कमानसिंह लामासँग पैसाका विषयमा कुराकानी गरिरहेको अडियो भिडियो सार्वजनिक भएपछि विवादमा तानिएका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार बाहिर प्रदर्शन भएको छ।

स्वतन्त्र युवा नामक समूहले प्रधानमन्त्री निवास बाहिर उनको विरोध गरेको हो।उक्त समूहले श्रेष्ठले सचिवालय सदस्य र राष्ट्रियसभा सदस्यबाट राजीनामा दिनुपर्ने माग समेत गरेको छ।
लामाको मृत्युको विषयमा श्रेष्ठमाथि छानबिन हुनुपर्ने माग राख्दै उनीहरुले श्रेष्ठले लामालाई मानसिक रुपमा पीडा दिएको आरोप समेत लगाएका छन्।नेकपाको आन्तरिक विवाद बढी रहेका वेला समुहहरु विवादमा छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *