लिभरपुलले गुमायो शीर्षमा रहने मौका


आइतबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग फुटबल खेलमा साविक विजेता लिभरपुल र फुलहामले बराबरी खेलेका छन् । फुलहामको मैदानमा भएको खेल ११ को बराबरीमा सकिएको हो ।
घरेलु टोली फुलहामले खेलमा सुरुवाती अग्रता लिएको थियो ।

२५औं मिनेटमा कर्नरबाट प्राप्त बललाई बबी डे कोर्डोभा रेडले पोस्टको दिशा दिएपछि फुलहामले अग्रता लिएको थियो ।लयमा फर्कन प्रयासरत लिभरपुलले भने गोल फर्काउन दोस्रो हाफको लगभग अन्त्यसम्मै कुर्नुपरेको थियो ।


७९औं मिनेटमा फुलहामका अबुबकर कामाराको डिबक्सभित्र ह्यान्डबल भएपछि लिभरपुलले पेनाल्टी पाएको थियो जसमा मोहमद सालाहले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछिका १० मिनेट र इन्जुरी समयमा थप गोल भएनन् र खेल बराबरीमा सकियो । यस बराबरीपछि लिभरपुलले अंकतालिकाको शीर्षस्थानमा उक्लने मौका गुमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *