सरकारविरुद्ध नेविसंघको सिठ्ठी जुलुस


आइतबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि सरकारको गतिविधिको विरोध गर्दै नेविसंघले सिठ्ठी जुलुस निकालेको हो ।पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार तथा सरकारको गतिविधी जनता केन्द्रित नभएको भन्दै विरोध गरिएको नेविसंघले जनाएको छ ।

त्यस्तै कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सरकार गम्भीर नभएको, भ्रष्टचार बढ्दै गएको, सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको जुलुसमा सहभागीहरुले आरोप लगाए ।

नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले जनताले दिएको दुईतिहाई मतलाई नेकपाले दुरुपयोग गरेको र जनताका लागि केही पनि गर्न नसकेको भन्दै विरोध स्वरुप सिठी जुलुस निकालिएको बताए ।

त्यस्तै नेविसंघका महामन्त्री मनोज बैद्यले सरकारको गतिविधि लोकतन्त्र विरोधी भएकाले जुलुस निकालिएको जनाए । उनले अबका दिनमा पनि सरकार नसच्चिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *