फिल्मसँग मेरो कुनै सम्झौता छैन, दोषी उपर कारबाहीको निवेदन गर्छु : केकी अधिकारी


नायिका केकी अधिकारीले आफ्नो नाम प्रयोग गरेर सरकारी कागजात दुरुपयोग गरेको पाइएको भन्दै कानुनी उपचार खोज्ने बताएकी छन् । ‘ब्लु बर्ड एचडी’ नामक चलचित्र निर्माण कम्पनीले ‘तिम्रो नजर’नामको चलचित्र निर्माण गर्ने बहानामा कलाकारको रूपमा आफ्नो संलग्नता देखाई सरकारी कागजपत्र समेतको दुरुपयोग गरेको उनले बताएकी छन् ।

“मैले त्यस्तो नाम गरेको कुनै चलचित्र निर्माण कम्पनीसँग कुनै पनि नामको चलचित्रमा सम्झौता गरेकी छैन । र, यस किसिमको अवान्छित गतिविधिबारे कुनै पूर्वजानकारी पनि थिएन,” केकी सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “मेरो व्यक्तिगत विवरण समेटिएको सरकारी कागजपत्र, हस्ताक्षर र नामको दुरुपयोग गरी गैरकानुनी कृयाकलाप गरिएको रहेछ भने दोषी उपर कडा कारबाही गर्न सम्बन्धित निकायलाई निवेदन गर्न चाहन्छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *