किसानको नारा : माफियाको गुलियोमा सरकार भुलियो


चिनी उद्योगहरुले भुक्तानी नदिएपछि उखु किसानहरु आन्दोलनको मोर्चामा काठमाडौं आएका छन्।

उखु किसानले गत वर्षपनि काठमाडौंमा आएर प्रदर्शन गरेका थिए।त्यसपछि भुक्तानी दिने सम्बन्धमा उद्योग मन्त्रालय, उद्योगी र किसानबीच सहमति समेत भएको थियो। केही किसानले भुक्तानी पाएपनि।
तर सहमति भएको करिब एक वर्ष पुग्न लाग्दापनि सबै किसानले भुक्तानी पाएका छैनन्। हाल सर्लाहीबाट आएका किसानले सरकारलाई गत वर्ष भएको सहमति पालना गर्न,अनुरोध गर्दै त्यसो नभए आफुहरुले थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *