नेकपा स्थायी कमिटी बैठक अब पुष १ मा


नेपाल कम्युनिस्ट पार्टी नेकपा को आजको स्थायी कमिटी बैठक केही बेर बसेर सकिएको छ ।

पूर्वसांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थायी कमिटी बैठक सकिएको हो । बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कमानसिंह लामा र नारायणकाजीको विवादबारे भ्रममा नपर्न आग्रह गरेका थिए।

बैठक सुरु हुनासाथ प्रचण्डले नारायणकाजी र मृतक लामाको सम्बन्धका बारेमा बोलेका थिए।
प्रचण्डले लामा र नारायणकाजीबीच भएको विवाद सामान्य खालको भएको बताएका थिए। श्रेष्ठले आफ्नै पार्टीको कार्यकर्ता भएकाले विवाद मिलाइदिन खोज्दा झन् विवादमा तानिएको भन्दै आपत्ति जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *