आयोजना प्रभावितलाई सिक्लेस हाइड्रोपावरले साउन ६ देखि आईपिओ निष्काशन गर्ने
सिक्लेस हाइड्रोपावरले साउन ६ गतेदेखि आयोजना प्रभावितलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा १,२ र ३ का स्थानीयलाई आईपिओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले यी क्षेत्रका स्थानीयलाई ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ । यस निष्काशनमा स्थानीयले छिटोमा साउन २० गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि विक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ।