सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनी मर्जरमा जाने


सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने सम्झौता भएको छ । बिहिबार बिहान एक कार्यक्रमबीच यी दुई कम्पनी मर्जरमा जानका लागि सम्झौता गरेका हुन् ।

सगरमाथा इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० चंकी क्षेत्रीले यी दुई कम्पनीबीच मर्जरमा जान सम्झौता भएको जानकारी दिए । सगरमाथा इन्स्योरेन्सका सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरलका सञ्चालक अरुण राज श्रेष्ठले मर्जरका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सिईओ क्षेत्रीले भने, ‘सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जान आज बिहान सम्झौता भएको छ । दुई इन्स्योरेन्सको शेयर स्वाप रेसियो १००ः८० को अनुपातमा रहने सहमति भएको छ ।’

स्रोतका अनुसार यी दुई कम्पनी मर्जरमा गएपछि कम्पनीको सिईओमा हाल सगरमाथामा रहेका सिईओ चंकी क्षेत्री नै रहने सहमति समेत भएको छ । कम्पनीको अध्यक्ष लुम्बिनी जनरल इन्स्योरेन्सका मनोहर दास मोल रहने सम्झौता भएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार समेत रोक्का भएको छ । बिहिबार नेप्सेले यी दुई कम्पनीबीच मर्जरको सहमति भएसंगै शेयर कारोबार रोक्का गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *