‘लू’ फिल्मको निर्देशकमा प्रदीप भट्टराई अनुबन्धित


नयनराज पाण्डेद्वारा लिखित चर्चित उपन्यास ‘लू’ माथि निर्माण हुन लागेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् । निर्माण कम्पनी कारो फिल्म्सको तर्फबाट निर्मात्री निशा खरेल र निर्देशक भट्टराईबिच लिखित सहमति भएको छ । जात्रा सिरिज मार्फत व्यावसायिक र समीक्षात्मक सफलता बटुलेका निर्देशक भट्टराईले महापुरुषको छायांकन सकाएपछि ‘लू’ को काममा व्यस्त हुने बताए ।

‘काम गर्ने सहमति भएको छ । के- कसरी गर्ने भन्ने विषयमा पत्रकार सम्मेलन मार्फत नै जानकारी गराउने निर्माण पक्षको तयारी छ’ निर्देशक भट्टराईले भने । गत असार ४ गतेबाट छायांकनमा रहेको फिल्म ‘महापुरुष’ को अझै ३५ दिनको सेड्युल बाँकी रहेको छ ।
‘महापुरुषलाई काठमाडौं र आसपासमा छायांकन गरिरहेका छौँ । अहिले सम्पूर्ण ध्यान यसमै छ’ निर्देशक भट्टराईले भने ।‘लू’ उपन्यासजस्तै फिल्म पनि उत्तिकै रोचक हुने कुरा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *