युक्रेनको राजधानी किभमा लगातार मिसाइल आक्रमण


रसियाले युक्रेनको राजधानी किभमा लगातार मिसाइल आक्रमण गरेको छ। जर्मनीमा जि ७ बैठकमा लागि विश्वभरका नेताहरु जम्मा हुँदै गर्दा रसियाले यसरी आक्रमणमा उत्रिएको हो।

आइतवार प्रहार गरिएको मिसाइल किभस्थित एक एपार्टमेन्टमा खसेको छ। जहाँ एक व्यक्तिको मृत्यु भएको र ६ जना घाइते भएको सिएनएनले जनायो। घटनामा परी घाइते भएका ४ जनालाई अस्पताल भर्ना गरिएको किभका उपमेयर भोलोदमेयर बोन्डरेन्कोको भनाई छ।

उद्धार कार्य पनि जारी रहेको उनको भनाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।मिसाइल बालबालिका पढ्ने किन्डरगार्डेनमासमेत लागेको छ। आक्रमणमा परी घाइते भएकामा ७ वर्षीया बालिका पनि छिन्। उनकी आमा ३५ वर्षीया केट्रीना रसियन नागरिक नै हुन्। लामो समयदेखि किभमा रहँदै आएकी उनको उद्धार गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *