सत्ता गठबन्धन प्रति ओलीको आक्रोश,अनुचित दुष्प्रयास धेरै दिन टिक्दैन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रमा राज्यका अंगहरुलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या गर्दै प्रहार गर्ने काम भइरहेको आरोप लगाएका छन्। गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै ओलीले उक्त आरोप लगाएका हुन्।
ुजनताको बलिदानीपूर्ण संघर्षले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रमाथि आज संविधानले परिभाषित गरेका राज्यका अंगहरूलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या रअपव्याख्याद्वारा प्रहार गर्ने काम भइरहेको छ, ओलीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, यसले मुलुकको दूरगामी यात्रालाई अल्मल्याउँदै संविधान र संवैधानिक संस्थाहरुप्रतिको जनताको आस्थामाथि समेत चोट पुर्यायो।
सरकार परिवर्तनपछि मुलुकमा विकासका कामहरुमा अल्पविराम लागेको र राष्ट्रिय बहसको विषय बन्न नसकेको बताएका छन्।अहिलेको सत्तारुढ गठबन्धनतर्फ संकेत गर्दै उनले जनविरोधी शक्तिहरुका अनुचित दुष्प्रयासले केही समय अवरोध पुर्याए पनि थाती रहेका राष्ट्रिय समृद्धिका पाइलाहरुलाई उचाइमा पुर्याउन सबै तह र तप्कासँग एमाले सधैं सँगै रहने बताएका छन्।