देशभरका ६ सय ५५ वटा निर्माणधीन अस्पतालको लागि १० अर्व बजेट विनियोजन
सरकारले देशभरका ६ सय ५५ वटा निर्माणधीन अस्पतालको लागि १० अर्व बजेट विनियोजन गरेको छ। आइतबार संसदमा आगामी वर्षको बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मालले निर्माणाधीन अवस्थामा रहेका अस्पतालको लागि उक्त बजेट विनियोजन भएको बताएका हुन्।
त्यस्तै डायलासिस मेसीन खरिदका लागि २० करोड रकम विनियोजन गरिएको छ। त्यस्तै देशभरका स्वास्थ्य संस्थाहरुबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण, डायलासिस मेसिन खरिद, क्यान्सर तथा अन्य गम्भीर रोगका विरामीलाई मासिक पाँच हजार दिनको लागि १ अब ५० करोड बजेट छुट्याइएको छ।