सम्पर्कविहीन तारा एअरको जहाजमा चालक दलसहित २२ जना सवार


पोखराबाट मुस्ताङको लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको जहाजमा २२ जना सवार रहेको पाइएको छ।

जहाजमा दुई भारतीय नागरिक, दुई जना जर्मन नागरिक र १३ नेपाली यात्रु सवार थिए। चालक दलका तीन सदस्य गरी विमान जम्मा २२ जना सवार रहेको खुलेको छ।

आइतबार बिहान पोखराबाट उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो। अहिले हेलिपक्टरसहितको टोली र प्रहरी टोलीमार्फत् विमानको खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *