प्रभासको फिल्म ‘सलारको बढाइयो एक्सन बजेट
केजीएफ :च्याप्टर २’ रिलिज भएसँगै दर्शक माझ निर्देशक प्रशान्त नीलको क्रेज बढ्दो छ । केजीएफबाट नै आफ्नो फ्यान बनाउन सफल यश यसपटक पनि उस्तै देखिएका छन् ।
उनको फिल्मलाई दर्शकले इन्जोय गरे। यो फिल्ममा यश झैँ निर्देशक प्रशान्त नीलको पनि उत्तिकै चर्चा भयो । सिक्वेल फिल्मले दर्शकको अपेक्षा पुरा गर्छ वा गर्दैन भन्ने डरकै बीच रिलिज भएको फिल्मलाई दर्शकले रुचाए । यसपछि प्रशान्तको निर्देशनमा रिलिज हुने नेक्स्ट फिल्म हो ‘सलार’ ।
यसमा प्रभास छन् । साउथ इन्डियन फिल्मका दुई स्टारसँग प्रशान्तले काम गरिरहेका छन् । ‘सलार’ छायांकनकै क्रममा रहेकाले निर्देशक प्रशान्तले यसलाई झनै भव्य बनाउने कोशिस गरिरहेका छन् ।
२ सय करोड बजेट लाग्ने अनुमान गरिएको फिल्ममा एक्सन दृश्यकै लागि ४० करोड थपिएको छ ।बलिउड लाइफले केजीएफ स् च्याप्टर २ भन्दा बढी एक्सनमा भव्यता देखाउनु पर्ने भएकाले ४० करोड थपिएको बताएको छ ।