तिलोत्तमा नगरपालिका प्रमुखमा कांग्रेसका खाण र उपप्रमुखमा एमालेकी चौधरी निर्वाचित


रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाण र उपप्रमुखमा एमालेकी जागेश्वरी देवी चौधरी विजयी भएकी छन्।

गठबन्धनबाट उम्मेदवार बनेका खाण ७६५ मतान्तरले विजयी भएका हुन्। कांग्रेस रुपन्देहीका सभापतिसमेत रहेका खाणले २४ हजार ३९६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले० का मोहन चापागाईंले २३ हजार ६३१ मत पाएका छन्।

२०७४ को निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग २ हजार ३ सय मतान्तरले पराजीत भएका रामकृष्ण गृहमन्त्री बालकृष्ण खाणका भाइ हुन्।

उपप्रमुखमा भने फराकिलो मतान्तर सहित एमालेकी उम्मेदवार चौधरी विजयी भएकी छन्। चौधरीले २३ हजार ८६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार हेमलाल पाण्डेले ११ हजार ५४६ मत पाएका छन्।

२०७४ को निर्वाचनमा पनि चौधरीले जनमुक्तिकी गिता सारू मगरलाई पराजित गर्दै उपप्रमुखमा विजयी भएकी थिइन्। ८५ हजार ७४७ मतदाता रहेको तिलोत्तमामा ६४ हजार मत खसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *