काठमाडौंसहित विभिन्न स्थानमा वर्षा,सतर्कता अपनाउन आग्रह


काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहान वर्षा भएको छ । गए रातिदेखि नै वर्षा भएको हो ।

हाल वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली छ । देशका अरू भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा छ । वाग्मती र गण्डकीका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा र मेघगर्जनरचट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *