फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल, डिजेल र मट्टितेलमा १०-१० रुपैयाँ वृद्धि


नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको हो। अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ पर्ने भएको छ।

यस्तै, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढेको छ। अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ। आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *