बलिउड अभिनेता वरुण धवनलाई कोरोना पोजेटिभ


चलचित्र जुग जुग जियोको शूटिङमा ब्यस्त रहेका बलिउड अभिनेता वरुण धवनलाई कोरोना पोजेटिभ देखिएको छ। सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत वरुणले आफूलाई कोरोना सङ्क्रमण भएको जानकारी गराएका हुन्। इन्स्टाग्राममा वरुणले साथीहरूसँग भिडिओ च्याट गरेको स्क्रिनसट पोस्ट गर्दै लेखेका छन्, साथीहरू, महामारी समयमा पनि म काममा फर्केँ। हाम्रो प्रोडक्सन टोलीले सावधानीका सबै उपायहरू पनि अपनाएकै थियौँ।
तर त्यतिले काफी भएन थप सतर्कताको आवश्यक छ। सबै जना सुरक्षित रहौ। वरुण चन्दिगडमै क्वारेनटाइनमा बसिरहेका छन्। उनी मात्र नभई चलचित्रका अन्य टिमलाई पनि कोरोना सङ्क्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *