२४ घण्टामा देशभर १३८२ कोरोना संक्रमित थपिए


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आजसम्म कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या १२ हजार ६८६ रहेको छ । थप १६२१ जना कोरोना संक्रमणमुक्त भएका छन्।
नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २९ हजार ५४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

कोरोनाका कारण थप २३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभरगरि थप २३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *