सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर


एक विशेष कार्यक्रम गर्दै नेपाल र चीनले मंगलबार भर्चुअल माध्यम मार्फत एकसाथ सगरमाथाको नयाँ उचाइ घोषणा गरेका छन् । जसअनुसार सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ । अर्थात सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ ।

यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटरलाई नेपालले मान्यता दिँदै आएको थियो भने, चीनले भने सगरमाथाको उचाइ ८ हजार ८४५ भएको बताउँदै आएको थियो । नयाँ घोषणासँगै अब सगरमाथाको उचाइमा एकरुपता कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *