सरकारको गलत कामको असर सडकमा देखियो : कांग्रेस


प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले गलत काम गरेकाले सडकमा असन्तुष्टि देखिएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे छलफल भएको थियो ।
सरकार सच्चिएर संविधानको मर्म अनुसार चल्ने हो भने सबै ठीक हुने कांग्रेस नेताहरुले बताएका छन् ।
अहिलेको सडकमा देखिएको असन्तुष्टि वर्तमान सरकारप्रति असन्तुष्टि भएको बताएका छन् । ‘बैठकमा कांग्रेस नेताहरुले कोरोना रोकथाम र नियन्त्रणमा पनि सरकार असफल भएको बताएका छन् ।

देशमा व्यापक असन्तुष्टि छ, त्यसमा दुईमत छैन,’ कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले भने, ‘सरकारले गलत काम गरेको हुनाले विभिन्न रुपमा असन्तुष्टि प्रकट भइरहेको छ । राजावादी वा अरु नाममा सडकमा भइरहेको प्रर्दशन त्यसैको उपज मात्रै हो।

‘सिस्टम वा लोकतन्त्रको खराबी होइन’ डा महतले भने, ‘सरकार सञ्चालन गर्नेहरुको खराबीका कारण हो । सरकार सच्चियो र लोकतान्त्रिक पद्धतिको मर्मअनुसार चल्यो भने भने कुनै पनि प्रवृत्ति सफल हुन सक्दैन ।

कांग्रेसले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडको विरोध गर्नुका साथै संसदको बैठक तत्काल बोलाउन समेत माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *