सुत्दा वा बस्दा खुट्टा हल्लाउने बानी छ भने त्यो ……


कतिपय मानिसहरु बस्दा वा सुत्दा खुट्टा हल्लाई रहने गर्दछन्।उनीहरु यसलाई बानी मात्र भनिरहेका हुन्छन्।तर यो बानिमात्र नभएर एक प्रकारको रेस्टलेस सिन्ड्रोम हो ।

रेस्टलेस सिन्ड्रोमएक प्रकारको स्नायु प्रणालीको रोग हो । खासमा खुट्टा हल्लाउँदा शरीरमा डोपामाइन हर्मोन उत्पादन हुन्छ । जसकारण व्यक्तिलाई घरिघरि हल्लाउन मन लागिरहन्छ । खासमा डोपामाइनले मानिसको मष्तिकमा सुखको अनुभूति दिलाउँछ ।


शरीरमा आइरनको कमी भएमा यो सिन्ड्रोम देखापर्छ । यो ३५ वर्षभन्दा माथिका उमेरका मानिसमा बढि मात्रामा हुने गर्दछ । तर कतिपय अवस्थामा गर्भवती महिलाहरू, अत्यधिक रक्सी सेवन गर्ने, रुघा वा एलर्जीको औषधि खाने मानिसमा पनि यो सिन्ड्रोमको देखा पर्दछ ।
कसरी पाउने रेस्टलेस सिन्ड्रोमबाट छुटकारा ?
यसबाट छुटकारा पाउन हाम्रो जीवनशैलीलाई व्यवस्थित बनाउनुपर्छ ।
यो समस्याबाट छुटकारा पाउन निम्न कुरा अबलम्बन गर्नुपर्छ।

१। रक्सी, क्याफिन र चुरोट खान छाड्नुस् ।
२। समयमै र पर्याप्त सुत्नुहोस् ।
३। सुत्नुअघि केहिबेर खुल्ला हावामा घुम्नुहोस् ।
४। सुत्नुअघि कठिन व्यायाम नगर्नुस् ।

घरेलु उपाचार
१। राति सुत्नुअघि गाईको दूध तताएर त्यसमा अलिकति जाइफल हालेर पिउनुस् ।
२। सुत्नुअघि बदामको तेल वा अरु उपलब्ध तेलले खुट्टाको मालिश गर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *