८० प्रतिशत सकियो मतपत्रको छपाइ, आजबाट ढुवानी शुरू हुने
निर्वाचन आयोगले सोमवारसम्म ६३ जिल्लाका लागि मतपत्रको छपाइ सकिएको जानकारी दिएको छ। नियमित पत्रकार सम्मेलनमा आयोगले एक करोड ५४ लाख ८३ हजार अर्थात् ८० प्रतिशत मतपत्र छापि सकिएको जनाएको हो । बाँकी जिल्लाको मतपत्र छाप्ने काम जारी रहेको पनि आयोगले जनाएको छ । मंगलवार आजबाट मतपत्रको ढुवानी शुरू हुने बताइएको छ ।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि झण्डै एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ । साथै सबै जिल्लामा निर्वाचन सामग्री पनि पठाइएको आयोगले जनाएको छ ।