६ महानगरपालिका र ११ उपमहानगरपालिकामा यस्तो रह्यो प्रमुख उम्मेदवारी


मनोनयनको दोस्रो दिन सोमबार प्रमुख दलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन्। आइतबारसम्म कतिपय ठाउँको उम्मेदवार चयन गर्न नसकेका दलहरुले सोमबार भने उम्मेदवार चयन गरेका थिए। त्यसैले प्रमुख दलहरुको तर्फबाट सोमबार नै उम्मेदवारी दर्ता भएको थियो। सत्ता गठबन्धन आबद्ध दलहरु कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमोले केन्द्रीय स्तरबाटै महानगरपालिका र उपमहानगरपालिकामा तालमेलको निर्णय गरेका थिए। उनीहरुले सबै महानगरपालिका र उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखमा कुन पार्टीले उम्मेदवारी दिने पनि निश्चित गरेका थिए। अधिकांशमा त्यसको पालना भएको भए पनि कतिपयमा भने बागी उम्मेदवारी दर्ता भएका छन्। स्वतन्त्र उम्मेदवारी पनि प्रशस्तै परेका छन्।

गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा कांग्रेसकी सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन्। ललितपुरको प्रमुखमा कांग्रेसका चिरिबाबु महर्जन, भरतपुरको प्रमुखमा माओवादी केन्द्रकी रेणु दाहाल, पोखराको प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य, वीरगंजको प्रमुखमा जसपाका राजेशमान सिंह र विराटनगरको प्रमुखमा कांग्रेसका नागेश कोइरालाले उम्मेदवारी दर्ता गराएका छन्।एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापित, ललितपुरको प्रमुखमा हरिकृष्ण व्यञ्जनकार, भरतपुरको प्रमुखमा विजय सुवेदी, पोखराको प्रमुखमा कृष्ण थापा, वीरगंजको प्रमुखमा विजय सराबगी र विराटनगरको प्रमुखमा सागर थापा उम्मेदवारी दर्ता गराएका छन्।

महानगरपालिका प्रमुखका लागि उम्मेदवार भएकाहरुमध्ये ललितपुरका चिरिबाबु महर्जन, भरतपुरकी रेणु दाहाल र वीरगंजका विजय सराबगी यसअघि पनि सोही पदमा थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *