सफलतापूर्वक ‘रणनीतिक’ क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको पुष्टि


उत्तर कोरियाले बिहीवारको परीक्षणमा आफ्नो सबैभन्दा ठूलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल ९आइसीबीएम०को सफलतापूर्वक प्रक्षेपण गरेको दावी गरेको छ।

‘ह्वासोङ-१७’ नाम दिइएको यो मिसाइल पहिलो पटक २०२० मा एक परेडका क्रममा अनावरण गरिएको थियो। त्यतिबेला यसको विशाल आकारले अनुभवी विश्लेषकहरूलाई समेत आश्चर्यचकित पारेको थियो।बिहीवारको प्रक्षेपण २०१७ पछिको उत्तर कोरियाले गरेको पहिलो आइसीबीएम परीक्षण हो।

आइसीबीएम अमेरिकासम्म पुग्न सक्ने लामो दुरीका मिसाइलहरू हुन्। उत्तर कोरियालाई यसको परीक्षण गर्न प्रतिबन्ध लगाइएको छ, र यसअघि आइसीबीएम परीक्षण गरेकोमा उसमाथि ठूलो प्रतिबन्ध लगाइएको थियो।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम जोङ-उनले बिहीवारको परीक्षणलाई प्रत्यक्ष रुपमा निर्देश गरेका थिए।

‘कार्नेगी एन्डाउमेन्ट फर इन्टरनेशनल पिस’का अंकित पाण्डाले यो प्रक्षेपणलाई उत्तर कोरियाको आणविक हतियारको लागि ‘महत्त्वपूर्ण कोसेढुङ्गा’ भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *