माओवादी केन्द्रको बैठक सुरु,फरक मत ल्याउने श्रेष्ठको तयारी

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठक राष्ट्रिय सभा गृहमा सुरु भएको हो।
अमेरिकी सहायत परियोजना (एमसीसी) सँगको सम्झौता, स्थानीय निर्वाचन, केन्द्रीय कमिटी पूर्णता, केन्द्रीय सदस्यको कार्यविभाजन, स्थायी र पोलिटब्युरो गठन लगायत बैठकका एजेन्डा रहेका छन्।
अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारीको टुंगो लागेको छैन।अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अनुमोदन भएपछि माओवादीमा विवाद चुलिएको छ । नारायणकाजी श्रेष्ठ समूहले एमसीसी पारित गरिएको भन्दै विरोध जनाउँदै आएको छ ।नारायणकाजीले आजको बैठकमा एमसीसीका विषयमा फरक मत राख्ने बताइएको छ ।