नेष्डो समृद्द लघुवित्तको आईपीओ बाँडफाँड मंगलबार हुने


नेष्डो समृद्द लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड मंगलबार हुने भएको छ । कम्पनीका अनुसार आइतबार ‘प्रि अलटमेन्ट’ र मंगलबार सेयर बाँडफाँड हुने भएको हो ।

कम्पनीको आईपिओमा माग भन्दा ३८ गुणा बढीको आवेदन परेको छ । आईपिओमा आवेदन दिने अन्तिम दिन गत आइतबार बेलुका ५ बजेसम्ममा २५ लाख ९९ हजार ५९८ जना आवेदकबाट ३ करोड १ लाख १३ हजार ७ सय कित्ताको लागि आवेदन परेको छ । यो माग गरिए भन्दा ३८.८७ गुणा बढी हो ।

कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको थियो । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *