उत्तेजनाको राजनीति देश र समाजका लागि घातक : गगनकुमार थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताएका छन् । नेपाली कांग्रेस मादी गाउँपालिका कार्यसमिति कास्कीद्वारा आयोजित दुई दिवसीय अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै थापाले कम्युनिस्टले उत्तेजनाको राजनीति गरिरहेको बताए ।

एमसीसी सम्झौतामा कम्युनिस्टले दोहोरो भूमिका खेलेर जनतालाई उत्तेजित बनाएको उल्लेख गर्दै उनले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यति ठूलो परियोजनामा सबैलाई मिलाउन सफल बनेको बताए ।
महमन्त्री थापाले जनताबीच कांग्रेसको परिचय फरक रहेको उल्लेख गर्दै कांग्रेसले सधैँ उत्तेजना फैलाउने नभई चेतना फैलाउने, भड्काउने नभई मिलाउने जस्ता चरित्र देखाउँदै आएको बताए । आसन्न निर्वाचनका लागि पार्टी सङ्गठनलाई मजबुद बनाउँदै अघि बढ्न आग्रह गर्दै उनले भने, “कांग्रेससँग अहिले १०० जनामा ३३ जना मतदाता छन् । यसलाई बढाएर ४५ भन्दामाथि पुर्‍याउनुछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *