प्रभु बैंकको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रभु बैंकले रू. १ अर्ब २६ करोड २० लाख १० हजार खुद नाफा गरेको छ । शुक्रवार सार्वजनिक बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा १६ दशमलव ९० प्रतिशत घटेको हो ।
गत वर्ष यस अवधिसम्म बैंकले रू. १ अर्ब ५१ करोड ८६ लाख ८४ हजार खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष बैंकको सञ्चालन नाफा पनि १२ दशमलव ९८ प्रतिशत कम भएको छ । गत वर्ष रू. २ अर्ब १४ करोड ६९ लाख ६२ हजार सञ्चालन नाफा गरेको बैंकले यस वर्ष रू। १ अर्ब ८६ करोड ८१ लाख २० हजार मात्र यो नाफा गरेको हो । दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. ५३ करोड ६१ लाख ८७ हजार छ ।१२ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू। १२ अर्ब ७० करोड ८७ लाख ४ हजार पु¥याएको बैंकको जगेडा कोष रकम रू। ४ अर्ब ८३ करोड ६ लाख ८२ हजार छ भने रिटेन्ड अर्निग रू. ७० करोड २२ हजार ६४ हजार छ । गत वर्षभन्दा शून्य दशमलव ७६ प्रतिशत कम रू. १ खर्ब ६३ अर्ब ५९ करोड ८७ लाख ७८ हजार निक्षेप संकलन गरेको बैंकले ५ दशमलव ३४ प्रतिशत बढी रू. १ खर्ब ४२ अर्ब ३३ करोड २६ लाख ४८ हजार कर्जा प्रवाह गरेको छ ।
निष्क्रिय कर्जा गत वर्ष २ दशमलव शून्य ६ प्रतिशत रहेकोमा यस वर्ष घटेर १ दशमलव २३ प्रतिशतमा झरेको छ । यस अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी रू। १९ दशमलव ८६ र प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव ५४ रहेको छ ।