१२२ प्रतिशतले बढ्यो एनआईसी एशिया लघुवित्तको खुद नाफा
एनआईसी एशिया लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार समिक्षा अवधिमा कम्पनीले रु। ३५ करोड ४८ लाख ६५ हजार खुद मुनाफा आर्जन गरेको छ जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १२२.०८५ ले बढी हो ।
समीक्षा अवधिमा लघुवित्तको गत आ।व को सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी ९९।१२५, अन्य सञ्चालन आम्दानी ११०.३४५ र सञ्चालन मुनाफा १८३.७३ ५ ले बढेको छ । त्यसैगरी, लघुवित्तको चुक्ता पूँजी समीक्षा अवधिमा १७।५३ ५, जगेडा कोष १७१.१६५, बैँक तथा वित्तीय संस्थाबाट सापटी १३१.३८५, ले बढेको छ । नाफा र चुक्ता पूँजीसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ ।
संस्थाले समीक्षा अवधिको १ बर्षको दौरानमा करिब १३ अर्ब ५८ करोडको थप कर्जा लगानी गर्दै करिब १५८.८४५ को बार्षिक विन्दुगत बृद्धि हाँसिल गरेको छ । बित्तीय संस्थाले दोसो त्रैमास सम्ममा कुल लघुकर्जा रकम रु। २२ अर्ब १३ करोड ४१ लाख पु¥याउन सफल भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमास अवधिमा संस्थाको स्व–पुँजीमा प्रतिफल ९आरओई० बार्षिक २४.२२५ रहेको छ भने बार्षिक रु. ४०.७७ प्रति शेयर आम्दानी आर्जन गर्न सफल रहेको छ जुन गत आ।व को सोही अवधिको तुलनामा लघुवित्तको प्रति शेयर आम्दानी ८८.८४५ ले बढी हो ।
बित्तीय संस्थाले यो त्रैमास सम्ममा संस्थाले बचत परिचालन तर्फ रु.३ अर्ब २० करोड ८० लाख पु¥याउन सफल भएको छ । बित्तीय संस्थाले लघुकर्जा असुलीमा निकै आक्रमक भई उत्साहजनक नतिजा हाँसिल गर्न सफल भई निष्कृय कर्जालाई ०.९७ ५ मा सिमित राख्न सफल भएको छ ।
वित्तीय संस्थाले ७४ जिल्लामा २८५ शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।